काठमाण्डौ। यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनमा बजार ४ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता २ हजार ५८८.६२ विन्दुमा बन्द भएको बजार यो साता २ हजार ६५४.३५ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता ६५.७३ अंकले बजारमा बढोत्तरी आयो ।
समग्रमा सूचकमा वृद्धि देखिएको यो साता सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । एक साताको अवधिमा यो बैंकका सेयरधनीले २७.६६ प्रतिशत कमाएका छन् ।
त्यसैगरि, दोल्ती पावरका लगानीकर्ताले २६.५४ प्रतिशत , ग्रीन डेभलपमेन्टका लगानीकर्ताले २५ प्रतिशत , धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले २४.९ प्रतिशत , सामूदायिक लघुवित्तका लगानीकर्ताले २०.९ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले १६.९ प्रतिशत , नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले १६.८६ प्रतिशत , नेपाल रिपब्लिक मिडियाको १५.९८ प्रतिशत , बोटलर्स नेपाल बालाजुको सेयर १५.९६ प्रतिशत र हिमालयन पावर पार्टनरको सेयर १३.१३ प्रतिशत कमाएका छन् ।