यी हुन् साताका टप १० कम्पनी, ५ कम्पनीका लगानीकर्ताले कमाए ११% माथि
काठमाण्डौ । यो साता सेयरबजार २.४४ प्रतिशत घटेर २८५० विन्दुमा कायम भएको छ । गत साता नेप्से परिसूचक २.०१ प्रतिशत घटेर २९२२ मा कायम रहेको थियो । यो साता ५ दिन कारोबार हुँदा तीन दिन बजार घट्यो भने दुई दिन सेयरबजार सामान्य बढ्यो । पहिलो दिन आइतबार ६३.७३ अंक घटेको बजार सोमबार १६.४६ बढ्यो । मंगलबार ४१.३५ र बुधबार १.९४ अंक घटेको बजार बिहीबार १८.३० बढ्यो । सेयरबजार यो साता घटेसँगै कारोबार...