काठमाण्डौ । यो साताका सेयर बजारमा सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीमा अधिकांश माइक्रोफाइनान्स कम्पनी परेका छन् । यो साता विन नेपाल लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
यो कम्पनीका लगानीकर्ताले यो साता करिब ३६ प्रतिशत कमाएका छन् ।
त्यस्तै दोस्रो स्थानमा रहेको इष्टन हाइड्रो पावरका लगानीकर्ताहरुले २७.९६ प्रतिशत , आत्म निर्भर लघुवित्तका लगानीकर्ताहरुले २७ प्रतिशत , एनएलजी इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुले २६.६७ प्रतिशत , एक्सल डेभलपमेन्टका लगानीकर्ताहरुले ११.६६ प्रतिशत, मानुषी लघुवित्तका लगानीकर्ताहरुले १८ प्रतिशत , कर्पोरेट डेभलपमेन्टका लगानीकर्ताहरुले १६.५९ प्रतिशत , समाज लघुवित्तका लगानीकर्ताहरुले १६.४३ प्रतिशत , सुपर माई लघुवित्तका लगानीकर्ताहरुले १६ प्रतिशत , मातृभूमि लघुवित्तका लगानीकर्ताहरुले १५.३४ प्रतिशत रहेको छ ।
त्यसैगरि यो साता नेपाल फाइनान्स र माईखोला हाईड्रोका लगानीकर्ताहरुले सर्वाधिक अर्थात क्रमश २०.८९ र २०.५९ प्रतिशले गुमाएका छन् ।