काठमाण्डौं । यो साता सर्वाधिक कमाई गर्ने शीर्ष १० कम्पनीमा अधिकांश लघुवित्त कम्पनीहरुको दबदबा देखिएको छ । लगानीकर्ताहरु हाईड्रोबाट लघुवित्त समूहमा सिफ्ट भएपछि लघुवित्त कम्पनीका लगानीकर्ता मालामाल बनेका हुन् ।
यो साता गुराँस लघुवित्तको लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताहरुले यो एक साताको अवधिमा ५०.०४ प्रतिशत आर्जन गरेका छन् । सबैभन्दा धेरै कमाउनेको सूचीमा विन नेपाल लघुवित्त दोस्रो स्थानमा छ । विन नेपालका लगानीकर्ताले एक सातामा ३५.०४ प्रतिशत आर्जन गरेका छन् ।
यस्तै नेपाल लघुवित्तका लगानीकर्ताहरुले ३५ प्रतिशत , महिला लघुवित्त वित्तका लगानीकर्ताहरुले २३ प्रतिशत , गणपति लघुवित्तका लगानीकर्ताहरुले १६.३४ प्रतिशत , मनकामन स्मार्ट लघुवित्तका लगानीकर्ताहरुले १५.८७ प्रतिशत , माइ खोला हाइड्रो पावरका लगानीकर्ताहरुले १५.६५ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।
यो साता माहूली लघुवित्तका लगानीकर्ताहरुले १५ं४१ प्रतिशत , विजय लघुवित्तका लगानीकर्ताहरुले १५.०४ प्रतिशत , सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताहरुले १४.०४ प्रतिशत र सृजनशिल लघुवित्तका लगानीकर्ताहरुले १३.०४ प्रतिशत कमाएका छन् ।
यो साता सर्वोत्तम सिमेन्टका लागिानीकर्ताले सर्वाधिक गुमाएका छन् । यो कम्पनीका लगानीकर्ताले २२.१३ प्रतिशतले गुमाएका छन् ।