काठमाण्डौ । यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत कम्पनी परेका छन् । एक साताको अवधिमा राँवा इनर्जी पावरको लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
यो कम्पनीका लगानीकर्ताले यो साता २१.३९ प्रतिशत आर्जन गरेका छन् ।
त्यसै गरि हिमालयन हाइड्रो पावर लगानीकर्ताहरुले १८.३५ प्रतिशत , तेस्रो स्थानमा रिभर फल्स पावर कम्पनीका लगानीकर्ताले ११.०९ प्रतिशत , ग्रिन भेञ्चर लिमिटेडका लगानीकर्ताले १०.३५ प्रतिशत , भूगोल इनर्जी डेभलपमेन्टका लगानीकर्ताले ५.८८ प्रतिशत आम्दानी गरेका छन् ।
मेन्छियाम जलविद्युतका लगानीकर्ताले ४.८३ प्रतिशत , इष्ट्रन हाइड्रो पावरका लगानीकर्ताले ४.४३ प्रतिशत , सुपर माई हाइड्रो पावरका लगानीकर्ताले ३.२० प्रतिशत, नबिल ब्यालेन्स फण्ड दोस्रोका लगानीकर्ताले ३ प्रतिशत र सानिमा डिबेञ्चरका लगानीकर्ताले २.९४ प्रतिशत कमाएका छन् ।