काठमाण्डौ । यो साता दोस्रो बजारमा विकास बैंकका लगानीकर्ता मालामाल भएका छन् । यो साता मल्टिपर्पस फाइनान्सका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।
यो कम्पनीका लगानीकर्ताले ३ दिन मात्रै कारोबार भएको यो साता २६.१४ प्रतिशत आम्दानी गरेका छन् ।
त्यसैगरि, कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले २२.४३ प्रतिशत, ग्रिन डेभलपमेन्टका लगानीकर्ताले २२ प्रतिशत , लाइफ इन्स्योरेन्सका लगानीकर्ताले १८ प्रतिशत, रिलायन्स फाइनान्सका लगानीकर्ताले १७.६३ प्रतिशत, सिन्धु विकास बैंकका लगानीकर्ताले १७.६३ प्रतिशत , स्वरोजगार लघुवित्तका लगानीकर्ताले १४.२१ प्रतिशत , नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले १४.२० प्रतिशत, थ्रिस्टार हाइड्रो पावरका लगानीकर्ताले ११.२९ प्रतिशत र शाइन डेभलपमेन्ट बैंकका लगानीकर्ताले १०.९ प्रतिशत कमाएका छन् ।