काठमाण्डौ । यो साता बजार घट्दा पनि केही कम्पनीका लगानीकर्ताहरुले भने ३१ प्रतिशतसम्म आम्दानी गरेका छन् । यो साता आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता ३१.१५ प्रतिशत आम्दानी गरेका छन् ।
यस्तै यो साता उपकार लघुवित्तका लगानीकर्ताले १९.१० प्रतिशत, थ्रि स्टार हाइड्रो पावरका लगानीकर्ताले १७.११ प्रतिशत , मिड सोलु हाइड्रो पावरका लगानीकर्ताले १४.१८ प्रतिशत , माइखोला हाइड्रो पावरका लगानीकर्ताले १०.२१ प्रतिशत , ओरियण्टल होट्ल्सका लगानीकर्ताले ९.१३ प्रतिशत, कूमारी इक्विटी फण्डका लगानीकर्ताले ८.६३ प्रतिशत, विन नेपाल लघुवित्तका लगानीकर्ताले ८.१५ प्रतिशत, पिपुल्स हाइड्रो पावरका लगानीकर्ताले ६.३५ प्रतिशत, स्वाभिमान लघुवित्तका लगानीकर्ताले ५.४९ प्रतिशत आर्जन गरेका छन् ।