काठमाण्डौ । यो साता सेयर बजार घट्दा पनि ५ कम्पनीका लगानीकर्ताहरुले ५ प्रतिशत भन्दा बढी आम्दानी गरेका छन् । यो मेन्छियाम जलविद्युत कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा बढी कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता १०.५४ प्रतिशत आम्दानी गरेका छन् ।
यस्तै यो साता सबैभन्दा धेरै कमाउनेमा श्रृजनशिल लघुवित्तका सेयरधनी रहेका छन् । श्रृजनशिल लघुवित्त वित्तियका लगानीकर्ताहरुले ८.०१ प्रतिशत कमाएका छन् । तेस्रो स्थानमा माछापुच्छ्रे बैंक डिबेञ्चरका लगानीकर्ताहरुले ७.२ प्रतिशत आर्जन गरेका छन् ।
एनआइसी लघुवित्तका लगानीकर्ताहरुले ६.२७ प्रतिशत र नबिल डिबेञ्चरका लगानीकर्ताहरुले ५.७८ प्रतिशत आम्दानी गरेका छन् ।
यो साता सबैभन्दा धेरै गुमाउने शीर्ष ५ कम्पनीहरुमा गुराँस लघुवित्त रहेको छ । यो संस्थाका लगानीकर्ताले यो साता २१.५४ प्रतिशत गुमाएका छन् । सबैभन्दा धेरै गुमाउनेमा रुरु जलविद्युत कम्पनीका लगानीकर्ता रहेका छन् । यो कम्पनीका लगानीकर्ताले एक सातामा २०.५२ प्रतिशत गुमाएका छन् ।
यस्तै निफ्रा उर्जा ऋणपत्रका लगानीकर्ताहरुले १२.४९ प्रतिशत , अप्पर श्याङगे जलविद्युत कम्पनीका लगानीकर्ताहरुले १०.१० प्रतिशत र सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले ९.३५ प्रतिशतले गुमाएका छन् । ल सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले उच्च मूल्य १०८४ बाट लगातार घटेर ७६७ मा आँउदा २९ प्रतिशत भन्दा बढी गुमाएका छन् ।