काठमाण्डौ । यो साता सर्वाधिक कमाउने शीर्ष १० कम्पनीको सूचीमा अधिकांश जलविद्युत कम्पनी रहेका छन् । यो साता पिपुल्स हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता १९.२५ प्रतिशत आम्दानी गरेका छन् ।
त्यसैगरि, कुथेली बुखरी स्मल हाईड्रोपावरका लगानीकर्ताहरुले १३.९६ प्रतिशत, समृद्धि फाइनान्सका लगानीकर्ताले ११.५८ प्रतिशत ,एसबीआई बैंकका लगानीकर्ताले १०.१६ प्रतिशत , साहस उर्जाका लगानीकर्ताले ९.२४ प्रतिशत, आरबीबी म्युचुअल फण्डका लगानीकर्ताले ७.७८ प्रतिशत , सुपर मोदि हाईड्रो पावरका लगानीकर्ताले ७.३४ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.७८ प्रतिशत , एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले ६.४३ प्रतिशत , माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ६.३४ प्रतिशत आर्जन गरेका छन् ।