काठमाण्डौ । यो साताभरी नै हरियाली छाएको सेयर बजारमा लघुवित्त , वाणिज्य बैंक र जलविद्युत कम्पनीका सेयरधनीहरु मालामाला भएका छन् । यो साता शीर्ष कमाउने कम्पनीहरुमा यी समूहका कम्पनीहरुको दबदबा रहेको छ ।
यो साता सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले यो साता ४६.३९ प्रतिशतले नाफा आर्जन गरेका छन् । दोस्रोमा नेरुडे मिर्मिरे लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका लगानीकर्ताले ३४.३९ प्रतिशत आर्जन गरेका छन् । यो कम्पनी गत साता मात्रै मर्जर पछि दोस्रो कारोबारमा आएको हो ।
यस्तै यो साता बुद्धभुमि हाइड्रोका लगानीकर्ताहरुले २९ प्रतिशत , एनआइसी एशिया बैंकका लगानीकर्ताहरुले २६ प्रतिशत , नबिल बैंकका लगानीकर्ताहरुले १९ प्रतिशत , सिद्धार्थ बैंकका लगानीकर्ताहरुले १७ प्रतिशत र बिन्दबासिनी हाइड्रो डेभलपमेन्टका लगानीकर्ताहरुले १६.१३ प्रतिशत कमाएका छन् ।
यो साता कृषि विकास बैंकका लगानीकर्ताहरुले पनि १६.१३ प्रतिशत इष्टन हाइड्रो पावरका लगानीकर्ताहरुले १६.०७ प्रतिशत र सुपर मोदि हाइड्रो पावरका लगानीकर्ताहरुले १६.०६ प्रतिशत आम्दानी गरेका छन् ।