काठमाण्डौ । यो साता बजार १०८ अंकले बढ्दा लगानीकर्ताहरु पनि मालामाल भएका छन् । यो साता उच्च आम्दानी गर्ने कम्पनीहरुमा जलविद्युत र विकास बैंकका लगानीकर्ताहरु रहेका छन् ।
राप्ती हाइड्रो कम्पनीका लगानीकर्ताहरुले यो साता सर्वाधिक आर्जन गरेका छन् । यो कम्पनीका लगानीकर्ताले यो एक साताको अवधिमा २६ प्रतिशत आर्जन गरेका छन् ।
यस्तै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले २४ प्रतिशत, सिन्धु विकास बैंकका लगानीकर्ताहरुले २४ प्रतिशतसम्म , खानीखोला हाईड्रोका लगानीकर्ताहरुले १८.२१ प्रतिशत र नेपाल इन्स्योरेन्सका लगानीकर्ताहरुले १७.८१ प्रतिशत आर्जन गरेका छन् ।
यस्तै भूगोल इनर्जीका लगानीकर्ताहरुले १५ प्रतिशत, नेपाल फाइनान्सका लगानीकर्ताहरुले १४.७२ प्रतिशत , विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले १४.५ प्रतिशत , विन्ध्यबासिनी हाइड्रोका लगानीकर्ताहरुले १३ प्रतिशतसम्म आम्दमनी गरेका छन् ।