काठमाण्डौ । यो साता बजार उच्च अंकले बढ्दा केही लघुवित्त र जलविद्युत कम्पनीका लगानीकर्ताहरु मालामाल भएका छन् । यो साता गणपति लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो लघुवित्तका लगानीकर्ताले २१ प्रतिशत नाफा कमाएका छन् ।
त्यसैगरि, माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरुले १७.७५ प्रतिशत , बलेफी हाइड्रो पावरका लगानीकर्ताहरुले १७.०८ प्रतिशत , जानकी फाइनान्स कम्पनीका लगानीकर्ताहरुले १६.२९ प्रतिशत ,सपोर्ट माइक्रो फाइनान्सका लगानीकर्ताहरुले १५.५७ प्रतिशत आर्जन गरेका छन् ।
यो साता सानिमा बैंक डिबेञ्चर होल्डरसहरुले १४.२४ प्रतिशत , कुमारी बैंकका डिबेञ्चर होल्डरहरुले १७.७० प्रतिशत , एनआइबीएल स्टेबल फण्डका लगानीकर्ताहरुले १३.६४ प्रतिशत , धौलागिरि लघुवित्तका लगानीकर्ताहरुले १२.३ प्रतिशत र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले १२.२२ प्रतिशत आर्जन गर्न सफल भएका छन् ।