काठमाण्डौ । यो साताका बजारमा बढ्दा सेयर बजारमा कारोबार भएका कम्पनीका लगानीकर्ताले ४३ प्रतिशतसम्म आर्जन गरेका छन् । यो साता अधिकांश हाइड्रो कम्पनीका लगानीकर्ता मालामाल भएका छन् ।
शीर्ष १० कमाउने कम्पनीमा अधिकांश हाईड्रो कम्पनी परेका छन् । जसमा हिमाल दोलाखा हाइड्रो पावरका कम्पनीका लगानीकर्ताले यो साता ४३ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
त्यसैगरि नेशनल हाईड्रोका लगानीकर्ताहरुले ३८ प्रतिशत , गूडविल फाइनान्सका लगानीकर्ताले ३७ प्रतिशत , अपि पावरका लगानीकर्ताले ३६ प्रतिशत , आँखुखोला जलविद्युतका लगानीकर्ताले ३५ प्रतिशत , अपर तामाकोशी हाइड्रोका लगानीकर्ताले ३४ प्रतिशत , अरुण काबेलीका लगानीकर्ताले ३३ प्रतिशत, अरुण जलविद्युत कम्पनीका लगानीकर्ताहरुले ३२ प्रतिशत , शिव श्री जलविद्युतका लगानीकर्ताले ३० प्रतिशत र सिंगटी जलविद्युतका लगानीकताले २८ प्रतिशत आम्दानी गरेका छन् ।