काठमाण्डौं । यो साता सेयर बजार बढ्दा लघुवित्त समूह चम्केको छ । यो साता लघुवित्त समूहका लगानीकर्ताहरुले एउटै कम्पनीबाट ४६ प्रतिशत सम्म आम्दानी गरेका छन् ।
जसमा विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले ४६ प्रतिशत आम्दानी गरे । उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताहरुले ४० प्रतिशत,गूँरास लघुवित्तका लगानीकर्ताहरुले २८.६३ प्रतिशत , समाज लघुवित्तका लगानीकर्ताहरुले २६.२३ प्रतिशत, मानुषि लघुवित्तका लगानीकर्ताहरुले २१ प्रतिशत , जाल्पा लघुवित्तका लगानीकर्ताहरुे ११.७३ प्रतिशत, सपोर्ट लघुवित्तका लगानीकर्ताहरुले १८.५४ प्रतिशत, जनउत्थान लघुवित्तका लगानीकर्ताहरुले १७.११ प्रतिशत आम्दानी गरेका छन् ।
त्यसै गरि आत्म निर्भर लघुवित्तका लगानीकर्ताहरुले १५.८६ प्रतिशत र धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले १५.६५ प्रतिशत आम्दानी गरेका छन् । यो साता लघुवित्त चलेता पनि आगामी साता भने उत्पादन तथा प्रशोधन, होटल्स , व्यापार, जीवन बीमा र निर्जीवन बीमा समूहले गति लिन सक्छ ।