काठमाण्डौ। यो साता गार्डियन माइक्रो लाइफका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो साता यो कम्पनीका लगानीकर्ताले ६१ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
यस्तै सर्वाधिक कमाउनेको सूचीमा घलेम्दी हाइड्रो दोस्रो स्थानमा रहेको यो कम्पनीका लगानीकर्ताले एक साताको अवधिमा १४.८३ प्रतिशत आर्जन गरेका छन् ।
यसैगरी नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ११.६८ प्रतिशत , बोटलर्स नेपाल (बालाजु)का लगानीकर्ताहरुले ११.३९ प्रतिशत , शिखर इन्स्योरेन्सका लगानीकर्ताहरुले ९.७० प्रतिशत र बरुण हाइड्रोका लगानीकर्ताहरुले ९.६७ प्रतिशत कमाएका छन् ।
यो साता सिन्धु विकास बैंकका लगानीकर्ताले ९ प्रतिशत, दिब्यश्वरी हाइड्रो पावरका लगानीकर्ताले ८.६२ प्रतिशत , सामुदायिक लघुवित्तका लगानीकर्ताहरुले ७.८८ प्रतिशत र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ७.७४ प्रतिशत आम्दानी गरेका छन् ।