काठमाण्डो । यो साता सर्वाधिक सेयरमूल्य बढ्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश विकास बैंक परेका छन् । यो साता ग्रीन डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सर्वाधिक कमाएका छन् । यो कम्पनीका सेयरधनीहरुले यो साता ७.४६ प्रतिशत अर्थात प्रतिकित्ता १०२ रुपैयाँसम्म आम्दानी गरेका छन् ।
यस्तै अपर हेवा खोलाका लगानीकर्ताहरुले ७.४४ प्रतिशत आर्जन गरेका छन् । तेस्रो स्थानमा रहेको मिथिला लघुवित्तका लगानीकर्ताहरुले ७.१६ प्रतिशत कमाएका छन् ।
यसैगरी, कुमारी बैंकको डिबेञ्चर ८६ का लगानीकर्ताहरुले ५.४३ प्रतिशत , भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताहरुले ५.३३ प्रतिशत , सिन्धु बिकास बैंकका लगानीकर्ताहरुले ४.९५ प्रतिशत र नेपाल एसबीआई बैंकको डिबेञ्चरका लगानीकर्ताहरुले ४.५५ प्रतिशत कमाएका छन् ।
यो साता नेपाल बैंकको डिबेञ्चरका लगानीकर्ताहरुले ४.२० प्रतिशत , एशियन हाईड्रो पावरका लगानीकर्ताहरुले ३.८५ प्रतिशत र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले ३.८ प्रतिशत आम्दानी गरेका छन् ।