काठमाण्डौ । यो साता पनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताहरुले उच्च आम्दानी गरेका छन् । यो कम्पनीका लगानीकर्ताहरुले यो साता १७.२७ प्रतिशत आम्दानी गरेका छन् ।
यस्तै महालल्क्षी बिकास बैंकका लगानीकर्ताहरुले ९ प्रतिशत , भूगोल इनर्जी कम्पनीका लगानीकर्ताहरुले ८.९३ प्रतिशत , प्रभू इन्स्योरेन्सका लगानीकर्ताहरुले ७.१२ प्रतिशत र पिपल्स हाइड्रो पावरका लगानीकर्ताहरुले ६.४३ प्रतिशत आम्दानी गरेका छन् ।
नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ६ प्रतिशत , विन नेपाल लघुवित्तका लगानीकर्ताहरुले ४.१ प्रतिशत ,बाराही हाइड्रो पावरका लगानीकर्ताहरुले ४.३७ प्रतिशत , आईसीएफसी डिबेञ्चरका लगानीकर्ताहरुले ४.३५ प्रतिशत र घलेम्दी हाइड्रो पावरका लगानीकर्ताहरुले २.६५ प्रतिशत कमाएका छन् ।