काठमाण्डौ । यो साता उच्च आम्दानी गर्ने शीर्ष १० कम्पनीहरुमा अधिकांश जलविद्युत र लघुवित्त कम्पनी परेका छन् । यो साता गुराँस लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् ।
यो संस्थाका लागानीकर्ताले यो साता करिब ६१ प्रतिशत कमाएका छन् ।
यस्तै श्रृजनशिल लघुवित्तका लगानीकर्ताहरुले ३१.६७ प्रतिशत , सुपर मादी हाइड्रो पावरका लगानीकर्ताहरुले ३०.३७ प्रतिशत , नारायणी डेभलपमेन्टका लगानीकर्ताहरुले २८.६७ प्रतिशत, सपोर्ट माइक्रो फाइनन्सका लगानीकर्ताहरुले २७.५१ प्रतिशत, मकर जीतुमाया सुरीका लगानीकर्ता २५.८ प्रतिशत , जानकी फाइनान्सका लगानीकर्ताहरुले २४.६१ प्रतिशत, महिला लघुवित्तका लगानीकर्ताहरुले २३.५१ प्रतिशत, बलेफि हाईड्रोका लगानीकर्ताले २१.५९ प्रतिशत , धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले २१.३४ प्रतिशत आम्दानी गरेका छन् ।