बिहीबार, माघ १७,२०८१ 12:34:28
IME remit
  • बिहीबार, माघ १७,२०८१ 12:34:28
IME remit
Global IME Bank Limited

आज शहिद दिवस मनाइँदै, सेयर बजार बन्द रहने

Hyundai Nepal
आज शहिद दिवस मनाइँदै, सेयर बजार बन्द रहने
Nabil Bank Limited

काठमाण्डौ । आज देशभर सहिद दिवस देशभर मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने सहिदको सम्झनामा आज विविध कार्यक्रम गरी सहिद दिवस मनाइँदै छ ।

सहिद दिवस विसं २००७ देखि प्रत्येक वर्ष माघ १६ गते  मनाउने गरिएको छ । वीर शहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा शहिद दिवस मनाउने गरिन्छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

विसं १९९७ माघ १० गते निरङ्कुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो ।

यस्तै, सोही बर्ष माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गङ्गालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

Muktinath Bikas Bank Limited

शहिद दिवसको अवसरमा नेपाल सरकारले प्रत्येक वर्ष सार्वजनिक बिदा दिने गरेको छ । आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.