काठमाण्डौ । सामसुङ नेपालले नयाँ ग्यालेक्सी एस२५ अल्ट्रा, ग्यालेक्सी एस२५प्लस र ग्यालेक्सी एस२५ स्मार्ट फोनहरूको प्रि–अर्डर प्रारम्भ भएको घोषणा गरेको छ । माघ १७ गते काठमाण्डौको सोल्टी होटलमा आयोजना गरिएको एक प्रेस सम्मेलनमा सामसुङले आफ्नो अहिले सम्म कै सबभन्दा न्याचुरल र सन्दर्भ–सचेत मोबाइल अनुभवहरू दिने एआई कम्प्यानीयन भएको यी स्मार्टफोनहरू प्रस्तुत गरेको हो ।
समारोहमा सामसुङ नेपालका निर्देशक, प्रणय रत्न श्रेष्ठ र मिस नेपाल वल्र्ड २०१६, अश्मी श्रेष्ठले ग्यालेक्सी एस२५ सिरिजको अनावरण गरेका थिए।
‘सामसङले गतवर्ष ग्यालेक्सी एआईको साथ मोबाइल एआई युगको सुरुवात गरेको थियो । अब हामी ग्यालेक्सी एस२५ सिरिजको साथ ग्यालेक्सी एआईको अर्को चरणमा प्रवेश गरेका छौँ, र तपाईँको यो एआई कम्प्यानियनले तपाईँको स्मार्टफोन र संसारसँगको अन्तरक्रिया गर्ने तरिकामा परिवर्तन गर्दै छ । ग्यालेक्सी एस२५ सिरिजले तपाईँलाई सबैभन्दा बढी सन्दर्भ–समझदारीका साथ व्यक्तिगत एआई अनुभव प्रदान र व्यक्तिगत गोपनीयता सुनिश्चित गर्दै तपाईँलाई कार्यकारी सल्लाह र सुझावहरू दिनेछ’ सामसङ नेपालको निर्देशक प्रणय रत्न श्रेष्ठले भने ।
ग्यालेक्सी एस२५ सिरिज सामसुङको दीर्घकालिक दृष्टिकोणको पहिलो कदम भएको कम्पनीले जनाएको छ । जसले एआई एजेन्ट र मल्टिमोडल क्षमताहरूलाई प्रयोगकर्ताको अन्तरक्रिया र प्रत्येक टचप्वाइन्टमा एकीकृत गर्दै नयाँ मोबाइल अनुभव सिर्जना गर्ने लक्ष्य राखेको छ । यस सिरिजमा विशेष रूपमा कस्टमाइज गरिएको स्न्याप ड्रागन ८ एलीट मोबाइल प्लेटफर्मले ग्यालेक्सी एआईको लागि उच्चतम प्रोसेसिंग पावर र ग्यालेक्सीको नेक्स्ट जेन प्रोभिजुअल इन्जिनको साथ उत्तम क्यामेरा रेन्ज र नियन्त्रण प्रदान गर्दछ ।
ग्यालेक्सी एस२५ सिरिज सबैभन्दा सहज नियन्त्रण र व्यक्तिगत मोबाइल अनुभव प्रदान गर्न डिजÞाइन गरिएको सामसङको एआई–फस्र्ट प्लेटफर्म वनयुआई ७ रहेको पहिलो स्मार्टफोन सिरिज हो । यसमा रहेको एआई एजेन्टहरूले टेक्स्ट, स्पीच, इमेज र भिडियोहरू विश्लेषण गरेर अन्तरक्रियाहरूलाई न्याचुरल बनाउँछन् । ग्यालेक्सी एस२५ सिरिजले तपाईंलाई सन्दर्भ–समझदारीका साथ सुझावहरू प्रदान गर्दै कार्यहरू खोज्न सजिलो बनाउँछ । यी स्मार्टफोनहरूले न्याचुरल ल्यांगवेज बुझ्ने प्रक्रियामा पनि ठुलो प्रगति ल्याएर दैनिक अन्तरक्रियाहरूलाई अझ सहज बनाएका छन् । उदाहरणका लागि, तपाईँले केवल सोधेर सामसुङ ग्यालरीमा एउटा चुनित फोटो खोज्न वा सेटिङमा डिस्प्ले फन्टको आकार समायोजन गर्न सक्नुहुन्छ ।
तपाईँले ग्यालेक्सी एस२५ सिरिजको साइड बटन थिचेर जेमिनीलाई एक्टिभेट गर्न सक्नुहुन्छ । यसले सामसुङ र गुगल एपहरूको साथै स्पटिफाई जस्ता तेस्रो–पक्ष एपहरूसँग सहज अन्तरक्रिया सुनिश्चित गर्दछ । उदाहरणका लागि, तपाईँ आफ्नो मनपर्ने सपोर्टस् टिमको सिजन तालिका खोजेर केवल एक कमान्डमार्फत सामसुङ क्यालेन्डरमा थप्न सक्नुहुन्छ ।
ग्यालेक्सी एस२५ सिरिजले सञ्चार, उत्पादकता र सिर्जनात्मकताका लागि लोकप्रिय एआई उपकरणहरूमा सुधार ल्याएको छ । गुगलको सर्कल टु सर्चले अब स्क्रिनमा देखिएका फोन नम्बर, इमेल र युआरएल सजिलै चिन्छ । कल ट्रान्सस्क्रिप्ट र समरीले तपाईँको कलहरूलाई व्यवस्थितगर्दछ। राइटिंग असिस्टले तपाईँको कन्टेन्टलाई समराइज गर्न वा नोटहरूको स्वतः स्वरूपफम्र्याट गर्न सहयोग गर्दछ । ड्रइंग असिस्टले स्केच, टेक्स्ट वा इमेज प्रम्प्तहरूको संयोजनमार्फत नयाँ रचनात्मक सम्भावनाहरू अन्वेषण गर्न सहज बनाउँछ ।
प्रि–अर्डर अफरहरू
ग्यालेक्सी एस२५ सिरिजको प्रि–अर्डर अफर १७ माघदेखि सुरु हुँदैछ, र १ फागुन सम्म सामसुङको अधिकृत स्टोरहरूमा उपलब्ध हुनेछ । प्रि–अर्डर गर्ने ग्राहकहरूले ग्यालेक्सी एस२५ अल्ट्रा खरिद गर्दा १२÷२५६ जीबी बाट १२÷५१२ जीबी मेमोरी अपग्रेड वा ग्यालेक्सी बड्स३ प्रो, जसको मूल्य रु ३१ हजार ९९९ रहेको छ । ग्राहकले मात्र रु १४ हजार ९९९ मा प्राप्त गर्न सक्नेछन् र साथै, रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १ हजार ५०० मा प्राप्त गर्न सक्नेछन्।
ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ बेस प्रि–अर्डर गर्दा ग्राहकहरूले रु ३१ हजार ९९९ मूल्य रहेको ग्यालेक्सी बड्स३ प्रो रु १४ हजार ९९९मा र रु ३,३९९ मूल्य रहेको सिलिकन कभर पनि रु १,५०० मा प्राप्त गर्न सक्ने छन्।