मंगलवार, आश्विन २७,२०८३ 07:27:14
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 07:27:14
Bizshala
Global IME Bank Limited

लगानीकर्ताको आकर्षण लो क्याप भएका यी ५ विकास बैंकमा, वित्तीय स्वास्थ्य भने छैन ठिक

Bizshala
लगानीकर्ताको आकर्षण लो क्याप भएका यी ५ विकास बैंकमा, वित्तीय स्वास्थ्य भने छैन ठिक
New Office

काठमाण्डौ । पछिल्लो समय सेयरबजारमा ‘लो क्याप’ कम्पनीहरु बढी चलेका छन् । बजारमा यस्ता कम्पनीहरुमा लगानीकर्ता बढी आकर्षित हुँदा त्यस्ता कम्पनीको सेयरभाउ माथि उचालिने गर्दछ ।  

सेयरबजारमा लो क्याप र मिड क्याप कम्पनीहरु बढी चल्दा यतिबेला लार्ज क्याप भएका कम्पनीहरु ओझेलमा परेका छन् । लार्ज क्याप कम्पनीहरुहमा अधिकांश वाणिज्य बैंक र जीवन बीमा कम्पनीहरु छन् ।  

वाणिज्य बैंकको तुलनामा विकास बैंकहरुको सेयरभाउ धेरै छ । कारण विकास बैंकहरुको पब्लिकमा सूचीकृत सेयर संख्या कम हुनु हो । यस्तो सेयर मात्रै दैनिक कारोबारमा आउने भएका कारण थोरै सेयर संख्या भएका कम्पनीमा बढी चलखेल गरी मूल्य बढाउने प्रवृत्ति मौलाउँदै गएको छ ।

लो क्याप भएका कम्पनीको सेयरभाउ बढी भएपनि त्यस्ता कम्पनीको वित्तीय अवस्था राम्रो र बलियो हुन्छ भन्ने हुँदैन । सेयरबजारमा चलेका अधिकांश लो क्याप कम्पनीको वित्तीय अवस्था खासै राम्रो देखिदैन । केही कम्पनीको अवस्था सन्तोषजनक मात्रै देखिन्छ भने अधिकांशको खराब ।  

तर त्यस्तै कम्पनीको सेयर चलखेल गरी मूल्य उचाल्ने गर्दा बजारमा सोझासाझा लगानीकर्ताहरु फस्दै गएका छन् ।

विकास बैंक समूहतर्फ यतिबेला ५ वटा विकास बैंक निकै चर्चामा छ । नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक यतिबेला लगानीकर्ताको नजरमा परेको देखिन्छ । सो कारण नै नेप्सेको फ्लोरसिटमा यी कम्पनीहरु कारोबारको मूख्य सूचकमा पर्ने गरेका पनि छन् ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

नेप्सेमा कुल १५ वटा विकास बैंक सूचीकृत छन्, तीमध्ये उक्त ५ वटा विकास बैंक सबैभन्दा थोरै सेयर संख्या भएका र उच्च सेयभाउ भएका बैंक हुन् ।  

वित्तीय अवस्था बलिया भएका गरिमा विकास बैंक, मुक्तिनाथ विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंक जस्ता कम्पनीको सेयरभाउ भने ती कम्पनीहरुको तुलनामा निकै कम छ । कारण बजारमा पब्लिकमा सूचीकृत सेयर संख्या बढी हुनु हो ।  

चालु आवको दोस्रो त्रैमासिक रिर्पोट हेर्दा लो क्याप भएका उक्त ५ विकास बैंकलाई हेर्दा नारायणी र सप्तकोशी घाटामा छन् भने बाँकी कम्पनी नाफमा उक्लिएपनि उत्कृष्ट मुनाफा आर्जन भने गर्न सकेका छैनन् ।  

यी कम्पनीहरुको सो अवधिसम्मको वितरणयोग्य मुनाफा समेत ऋणात्मक छ । ग्रीन डेभलपमेन्ट बैंक बाहेक सबै बैंकको यस्तो मुनाफा ऋणात्मक भएपनि लगानीकर्ताहरु भने त्यस्तै कम्पनीतर्फ बढी आकर्षित देखिन्छन् ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

उक्त बैंकहरुको निष्क्रिय कर्जा अर्थात् खराब कर्जा अनुपात हेर्ने हो भने सबैको ५ प्रतिशत भन्दा माथि छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अनुपात ५ प्रतिशत भन्दा बढी हुँदा सो कम्पनीको वित्तीय स्वस्थता नै बिग्रिन सक्ने हुन्छ । तर सो अवधिसम्म उक्त बैंकहरुको खराब कर्जा अनुपात राष्ट्र बैंकको सीमाभन्दा निकै माथि देखिएको छ ।  

वित्तीय अवस्था राम्रो नदेखिएपनि यी ५ वटा बैंकको सेयरभाउ भने हजार रुपैयाँमाथि छ । पब्लिकमा सूचीकृत सेयर संख्या कम हुनु नै यी कम्पनीहरुको मूल्य बढी हुनु हो ।  

लो क्याप वा मिड क्याप भएका र वित्तीय अवस्था खराब भएका कम्पनीको मूल्य बढाउन सामाजिक सञ्जालहरुमा केही गिरोह नै लागिपरेका छन् । बजारमा देखिएको यस्तो अस्वच्छता क्रियाकलापले नयाँ वा सोझा लगानीकर्ताहरु बढी फस्ने देखिन्छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X