काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ७ अर्ब भन्दा बढीको बोनस सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ६ महिनासम्ममा ७ अर्ब १७ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, सो अवधिसम्म ३ अर्ब ९१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, १अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर गरी कुल १६ अर्ब ३३ करोड रुपैयाँ बराबरको धितोपत्र नेप्सेमा थपिएको छ ।
त्यस्तै, सो अवधिसम्ममा नेपाल धितोपत्र बोर्ड (सेबोन)ले १६ अर्ब ८१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्कासनका लागि अनुमति दिएको छ । जसमा ८ अर्ब २४ करोड बराबरको हकप्रद शेयर, ८ अर्ब बराबरको बराबरको म्युचुअल फण्ड, ४५ करोड रुपैयाँ बराबरको साधारण शेयर र १२ करोड रुपैयाँ बराबरको डिबेन्चर रहेको छ ।