सोमबार, असार २,२०८२ 09:32:03
  • सोमबार, असार २,२०८२ 09:32:03
Global IME Bank Limited

एनएमबि लघुवित्त घाटाबाट उम्कदै १.१८ करोड नाफा आर्जन गर्न सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?

Hyundai Nepal
एनएमबि लघुवित्त घाटाबाट उम्कदै १.१८ करोड नाफा आर्जन गर्न सफल, कस्तो छ समग्र वित्तीय अवस्था ?
Nabil Bank Limited

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्म घाटाबाट उम्कदै १ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिसम्म भने संस्थाले ६ करोड ७५ लाख रुपैयाँ घाटामा रहेको थियो ।  

यो अवधिमा संस्थाले १७ करोड ७२ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ६२.८१ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद ब्याज आम्दानी १० करोड ७६ लाख रुपैयाँ रहेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी ९५.०८ प्रतिशतले बढेर १९ करोड ६८ लाख रुपैयाँ पुगेको छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो अवधिमा संस्थाको सञ्चालन मुनाफा १ करोड ६८ लाख रुपैयाँ रहेको छ ।  

७२ करोड १४ लाख रुपैयाँ चुक्तापूँजी भएको संस्थाको रिटेन्ड अर्निङ ४ करोड १० लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म १९ करोड २४ लाख रुपैयाँ रहेको रिजर्भको आकार २२ करोड ६४ लाख रुपैयाँ पुगेको छ । संस्थाले सेयर प्रिमियम शीर्षकमा ७२ करोड १४ लाख रुपैयाँ छुट्टाएको छ ।  

यो अवधिसम्म संस्थाले ग्राहकहरुबाट १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन र ५ अर्ब ७९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । यस्तै संस्थाको वितरणयोग्य मुनाफा १ करोड ६५ हजार रुपैयाँ रहेको छ । संस्थाको खराब कर्जा अनुपात ७.८५ प्रतिशतबाट घटेर ५.९६ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)६.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.८१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८८६.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५.६४ गुणा र तरलता अनुपात १०.६३ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.