शनिबार, बैशाख ५,२०८३ 06:00:12
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 06:00:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अर्थमन्त्री आज डिस्चार्ज हुने, मेयर केही दिन अस्पतालमै रहने

Bizshala
अर्थमन्त्री आज डिस्चार्ज हुने, मेयर केही दिन अस्पतालमै रहने
Shivam Cement

काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।  

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका उनलाई डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले एक विज्ञप्तिमार्फत जनाएको छ । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनी शनिबार पोखरामा एक कार्यक्रम उद्घाटनका क्रममा हाइड्रो ग्यास भरिएको बेलुन पड्किएर आगलागी हुँदा घाइते भएका थिए । उनीसँगै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य समेत घाइते भएका थिए ।  

दुवैजनालाई शनिवार नै अस्पताल भर्ना गरिएको थियो । उनीहरू दुवैको स्वास्थ्य अवस्था सामान्य हुँदै गएपछि पौडेललाई आजै डिस्चार्जको निर्णय गरिएको अस्पतालले जनाएको छ । 

CG Motors
Garima Development Bank
IME remit

‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन’, अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट डिस्चार्ज गर्ने निर्णय भएको छ ।’

अस्पतालले जारी गरेको विज्ञप्ति ।

मेयर धनराज आचार्यमा भने पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेकोले केही दिन थप उपचार हुने अस्पतालको भनाइ छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.