शनिबार, बैशाख ५,२०८३ 05:58:36
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 05:58:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

पूर्वराजा सक्रिय हुने संकेत: दलहरुलाई दिए चेतावनी, आफूलाई साथ दिन नागरिकलाई आह्वान

Bizshala
पूर्वराजा सक्रिय हुने संकेत: दलहरुलाई दिए चेतावनी, आफूलाई साथ दिन नागरिकलाई आह्वान
Shivam Cement

काठमाण्डौ । राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा माहौल बनिरहेको बेला पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा आफू सक्रिय हुनसक्ने संकेत गर्दै सन्देश प्रवाह गरेका छन् ।  

उनले जनताको भलोका लागि आफूले ओहोदा र सुखसुविधा त्यागेको दाबी गर्दै राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न दलहरुलाई चेतावनी समेत दिएका छन् ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

पूर्व राजाबाट प्रसारित शुभकामना सन्देशमा भनिएको छ-' व्यवस्था बदलियो भन्नेहरुले अवस्था राम्रोसँग बदल्न नसक्नु दुःखद छ । राष्ट्र जोगाउन र राष्ट्रिय एकता कायम राख्न मलाई साथ दिन म नागरिकहरुलाई आह्वान गर्न चाहन्छु ।' 

नागरिकलाई आफूलाई साथ दिन आह्वान गर्नुले कतिपयले पूर्वराजा अब राजसंस्था पुनस्र्थापनाको अभियानमा सरिक हुने रुपमा अथ्र्याएका छन् । मुलुकमा राजसंस्थाप्रति बन्दै गएको माहौलमा टेकेर पूर्वराजाले दलहरुलाई चेतावनी दिंदै सन्देश प्रवाह गरेको विषय अर्थपूर्ण देखिन्छ ।  

पूर्वराजा शाहले विगतमा आफूले देशको उन्नतिका लागि त्याग गरेको र जनहित हुन्छ भने अन्य कुरा पनि त्याग्न तयार रहेको प्रष्ट्याएका छन् । 

CG Motors
Garima Development Bank
IME remit

‘पक्ष विपक्षको अहंकार आ आफ्नै खालको स्वार्थ तथा हठले पनि प्रजातन्त्रलाई गतिशील बनाउन सक्दैन । निषेधको दृष्टिकोण राख्ने राजनीतिले प्रजातन्त्रलाई बलियो बनाउँदैन ।' शाहले भनेका छन्दे-'शको इतिहास मेटिँदै गएको छ । नेपालको पसिना स्वदेशमा नभई बाहिर पोखिएको छ । तथापि जन्मँदै नेपालीको शिरमा हजारको होइन, लाखको ऋणभार बोझ छ । विद्यार्थी र शिक्षक पातलिँदै गएका छन् । व्यापार व्यवसाय पनि निरन्तर धरासायी बनिरहेको छ ।' 

शुभकामना सन्देशमा उनले जनता र राजा मिलेर प्रजातन्त्रलाई सबल बनाउन लागि परेको इतिहास सम्झाउँदै प्रजातन्त्रमा सबैको पहिचान र अस्तित्व हुनुपर्नेमा जोड दिएका छन् ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.