काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा डिप्रोक्स लघुवित्तको ९.५ प्रतिशत र हिमालयन डिष्टिलरीको १५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
डिप्रोक्स लघुवित्तको १६ लाख २० हजार ८८७.१३३६ कित्ता र हिमालयन डिष्टिलरीको ४० लाख ८ हजार ७८४.९७ कित्ता गरी कुल ५६ लाख २९ हजार ६७२.१०३६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत भएसँगै यी सेयरहरु अब दोस्रो बजारमा कारोबारमा आउनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।