काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र भुक्तानी प्रदायकहरूले प्रदान गर्ने मोबाइल वालेट जस्ता सेवाहरू ग्राहकले दर्ता गराएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन् । जसमा ग्राहकको खातासम्बन्धी महत्वपूर्ण विवरणहरू जोडिएका हुन्छन् ।
त्यसैले कुनै पनि कारणले मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय संस्थालाई जानकारी गराउनु पर्छ । आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय संस्थालाई समयमै नगराएमा खातासम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ । तसर्थ, जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय संस्थालाई जानकारी गराउनुपर्छ रआफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुपर्छ ।
यस्तै मोबाइलमार्फत वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिमकार्ड र आधिकारिक एप्लिकेसन मात्र प्रयोग गर्नुपर्छ ।