काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा थान प्रसाद पंज्ञानी नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको फागुन ९ गते बसेको बैठकले सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी परिवर्तन भई पंज्ञानीलाई नियुक्त गरेको हो ।
नवनियुक्त अध्यक्षले फागुन १२ राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीबाट अध्यक्षको पद तथा गोपनियताको सपथ ग्रहण गरेको बैंकले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।