सोमबार, श्रावण १८,२०८३ 03:36:17
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:36:17
Bizshala
Global IME Bank Limited

भारतमा ३० मिनेटमा ३०० किमी यात्रा गर्नसक्ने हाइपरलूप ट्रेन ट्रयाक तयार

भारतमा ३० मिनेटमा ३०० किमी यात्रा गर्नसक्ने हाइपरलूप ट्रेन ट्रयाक तयार
New Office

काठमाण्डौ । भारतको पहिलो हाइपरलूप टेस्ट ट्रयाक तयार भएको छ । यसको जानकारी भारतका रेलमन्त्री अश्विनी वैष्णवले दिएका हुन् ।  

वैष्णवले हाइपरलूप ट्रयाकलाई रेलवेले आईआईटी मद्रासका साथ मिलेर तयार पारेको बताए । यसको लम्बाई ४१० मीटर लामो भएको जनाइएको छ । यो हाईपरलूप ट्रयाक प्रोजेक्टले रेल यातायातलाई अझै धेरै सुगम बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनाइएको छ ।  

रेलवे हाइपरलूप प्रविधिलाई व्यवसायीकरण गर्नका लागि आईआईटी मद्रासलाई तेस्रो चरणअन्तर्गतको १ मिलियन डलर अनुदानका लागि अनुमति दिइने जनाइएको छ ।  

के हो हाईपुरलूप ट्रयाक ?

हाइपुरलूप रेलवे ट्रयाक यस्तो प्रविधि हो, जहाँ ट्रेनलाई एउटा विशेष प्रकारबाट तयार गरिएको ट्युबमा चलाइने गरिन्छ र त्यो पनि उच्च गतिमा । यसमा चाडैनै ट्रेन ट्रायल सुरु गरिने जनाइएको छ ।  

हाइपरलूप ट्रेनको गति ६००–१२०० किमी प्रतिघण्टासम्म हुन्छ । रिपोर्टका अनुसार भारतीय हाइपरलूप टेस्ट ट्रयाकलाई ६०० किलोमिटर प्रतिघण्टासम्मको गति टेस्ट गर्न सकिन्छ ।  

यस हिसाबले ३०० किमीको यात्रा केवल ३० मिनेटमा पूरा गर्न सकिने जनाइएको छ । भारतमा बुलेट ट्रेन चलाउने तयारी जोडतोडका साथ चलिरहेको छ । गत वर्ष अप्रिलमा रेलमन्त्रीले भारतीय रेलवेले भारतमा सन् २०२६ सम्म पहिलो बुलेट ट्रेन चलाउन सक्ने बताएका छन् । भारतमा बुलेट ट्रेनको गति ३२० किमी प्रतिघण्टासम्म हुन सक्ने रिपोर्टमा उल्लेख छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.