काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आज एक सूचना जारी गर्दै संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ हजार ११७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
बैंकले यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्ने जनाएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिइसक्नुपर्ने छ ।
यदि उक्त मितिसम्म कुनै पनि आवेदन नपरेमा उक्त सेयर अन्य व्यक्तिलाई बिक्री गरिने बैंकले जनाएको छ । संस्थापक सेयरधनीले बैंकको भरतपुर चितवनमा रहेको केन्द्रीय कार्यालयमा आफूले लिन चाहेको सेयरको व्यहोरा खुलाई आवेदन पेश गर्नुपर्नेछ ।