रेलको तौलिया, बेडसिट र कम्बल पनि बाँकी राख्दैनन् भारतीय, चोरे १०४ करोड भारु पर्ने १.२७ करोड सामग्री
काठमाण्डौ । भारतीय रेल सेवामा यात्रुका लागि उपलब्ध गराइने लिनेन सामग्री (बेडरोल) को चोरी गम्भीर समस्याका रूपमा देखिएको छ। पछिल्लो चार वर्षमा भारतीय रेलबाट १.२७ करोडभन्दा बढी लिनेन सामग्री हराएको तथ्य सार्वजनिक भएको छ। तथ्यांकअनुसार करिब हरेक १ हजार यात्रुमध्ये कम्तीमा एक यात्रुले यस्तो सामग्री लिएर जाने गरेको देखिएको छ।सन् २०२२ जनवरीदेखि २०२६ मेसम्मको अवधिमा यी चोरीका...

