मंगलवार, आश्विन २७,२०८३ 01:37:06
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:37:06
Bizshala
Global IME Bank Limited

१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड

Bizshala
१४ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा युनाइटेड अजोड
New Office

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ७.१३ अंकले बढेर २७६५.८८ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ९० करोड रुपैयाँमाथिको कारोबार भएको छ । 

बीमा समूहका दुई उपसूचकमध्ये आज जीवन बीमा उपसूचक ०.८१ प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक भने ०.२८ प्रतिशतले घटेको छ । आज १४ बीमा कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने बीमा कम्पनीमा गार्डियन माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १० प्रतिशतले बढेर ९४४ रुपैयाँ पुगेको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ६.२८ प्रतिशत, हिमालयन रि को ३.५४ प्रतिशत, एलआइसी नेपालको ३.२७ प्रतिशत, नेशनल लाइफको १.५५ प्रतिशत, नेपाल लाइफको १.०८ प्रतिशत, आइजीआई प्रुडेन्सियलको १ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.७९ प्रशित, आइएमई लाइफको ०.७७ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७१ प्रतिशत, शिखरको ०.३५ प्रतिशत, सन नेपाल लाइफको ०.२९ प्रतिशत, सुर्यज्योति लाइफको ०.२४ प्रतिशत र हिमालयन लाइफको ०.२४ प्रतिशतले सेयरभाउ बढेको छ । 

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आज सर्वाधिक गुमाउने बीमा कम्पनीमा भने युनाइटेड अजोड रहेको छ । कम्पनीको सेयरभाउ १.७४ प्रतिशतले घटेर ७०४ रुपैयाँ कायम भएको छ । 

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै, सानिमा रिलायन्स लाइफको १.४७ प्रतिशत, आरबीसीएलको १.४४ प्रतिशत, रिलायबल नेपाल लाइफको १.०७ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९९ प्रतिशत, नेको इन्स्योरेन्सको ०.८९ प्रतिशत, हिमालयन एभरेष्टको ०.७८ प्रतिशत, सगरमाथा लुम्बिनीको ०.३६ प्रतिशत, एशियन लाइफको ०.२६ प्रतिशत, सानिमा जिआइसीको ०.२६ प्रतिशत, सिटिजन लाइफको ०.१८ प्रतिशत र प्रभु इन्स्योरेन्सको ०.०३ प्रतिशतले सेयरभाउ घटेको छ । आज हिमालयन रि र नेपाल रि को सर्वाधिक कारोबार भएको छ । हिमालयन रि को आज एकैदिन १ अर्ब २ करोड रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नेपाल रि इन्स्योरेन्सको ८३ करोड ३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X