काठमाण्डौ । लगातार उकालो लागेको सेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार करिब ३३ अंकको गिरावट आएको छ।
यो दिन दिनभर उत्तारचढाव रहेको बजार अन्तत : अन्त्यमा घटेर बन्द भयो । कारोबार भने आज सन्तोषजनक नै छ । अर्थात् यो दिन ६ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
योसँगै नेप्सेको चार्टमा डबल क्यान्डल स्टिक प्याट्रनअन्तर्गत दुई वटा क्यान्डललाई मिलाएर हेर्दा वियरिस इन्गल्फिङ प्याट्रन बनेको छ। डेली क्यान्डलको आधारमा बुधबार र बिहीबारको क्यान्डललाई मिलाएर हेर्दा यस्तो क्यान्डल बनेको हो ।
वियरिस इन्गल्फिङ भनेको मैनबत्ती चार्ट निर्माण गर्दा यदि अघिल्लो दिनको हरियो क्यान्डललाई पछिल्लो दिनको रातो क्यान्डलले पुरै ढाक्ने गरी (यसको अर्थ अघिल्लो मैनबत्तीको लम्बाइभन्दा पछिल्लो क्यान्डलको लम्बाइ लामो) अर्को मैनबत्ती बनेमा वियरिस इन्गल्फिङ भनिन्छ (हेर्नुहोस् कालो एरो)।
यसले बजारले ट्रेन्ड परिवर्तन गर्न लागेको संकेत गर्छ। बुधबार बनेको क्यान्डललाई बिहीबार बनेको क्यान्डलले पुरै ढाकेको छ । यसविपरीत यदि अघिल्लो दिनको रातो क्यान्डललाई पछिल्लो दिनको हरियो क्यान्डलले पुरै ढाक्छ भने त्यसलाई बुलिस इन्गल्फिङ भनिन्छ।
हाल नेप्सेमा बनेको वियरिस इन्गल्फिङको भ्यालिड मात्रा भने ७० प्रतिशत रहेको छ । यसको पुरै भ्यालिडिटिको लागि भने आगामी क्यान्डल पनि रातो बन्नु पर्ने छ ।
आज घटेको बजारले आगमी दिनमा पनि निरन्तारता पाएमा भने फिवोनासीका विन्दुहरु ०.२३,०.३८, ५०मा  क्रमश : २०८०,२०३०र २००० मा बलियो सपोर्ट लिन सक्छ । बढेमा भने बजारले २१६०,२२०३ र २२६०  मा क्रमश: प्रतिरोध लिन सक्छ । 
(नोट : सेयरबजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस होइन ।)

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                