मंगलवार, आश्विन २७,२०८३ 01:37:24
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:37:24
Bizshala
Global IME Bank Limited

धितोपत्र बोर्डको आफ्नै भवन नहुँदा नयाँ प्रविधि जडानमा समस्या, जग्गा खरिदको करिब ५० करोड किन भएन फिर्ता ?

Bizshala
धितोपत्र बोर्डको आफ्नै भवन नहुँदा नयाँ प्रविधि जडानमा समस्या, जग्गा खरिदको करिब ५० करोड किन भएन फिर्ता ?
New Office

काठमाण्डौ । झण्डै ३० वर्षदेखि भाडामा बसेको धितोपत्र बोर्डको आफ्नै भवन नहुँदा नयाँ प्रविधि जडानमा समस्या उत्पन्न भएको छ । बोर्डस्थित एक उच्च अधिकारीले यस विषयमा  गुनासो गरेका छन् । केही समयपहिले विदेश भ्रमण गरेर आएका ती अधिकारीले विदेशमा आईपीओ आएको १४ दिन भित्रमा सूचीकरण हुने गरेको तर नेपालमा प्रविधिको अभावले बजार अनुगमनमा धेरै समस्या परेको ती अधिकारीले बताए ।  

‘धितोपत्र बोर्ड भाडामा बसेको कारण हाल नयाँ–नयाँ प्रविधि जडान गर्न समस्या छ । उच्च प्रविधि लामो समय एकै ठाँउमा राख्नुपर्ने र आफ्नै भवन आवश्यक हुन्छ, उनले भने, ‘तर धितोपत्रबोर्डको आफ्नै भवन नहुँदा हाल समस्या परेको हो ।’  

धितोपत्र बोर्डले सेयर लगानीकर्ताहरुबाट उठाएको ४२ करोड बढी रुपैयाँ चार वर्षदेखि फसेको छ । तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष भीष्म राज ढुंगानाको समयमा उक्त रकम आफ्नै भवन निर्माण प्रयोजनका लागि जग्गा खरिद गर्न काठमाण्डौ उपत्यका विकास प्राधिकरणलाई दिइएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

काठमाण्डौंको कागेश्वरी मनोहरामा ७ रोपनी जग्गा खरिदको लागि उक्त रकम दिइएको थियो । तर चार वर्ष बितिसक्दा पनि धितोपत्र बोर्डले हालसम्म पनि न पैसा नै फिर्ता पाएको छ न जग्गा नै । त्यो समयमा धितोपत्र बोर्डले काठमाण्डौ विकास प्राधिकरणलाई ४२ करोड ५६ लाख रुपैयाँ दिएको थियो ।  

हालसम्म उक्त रकम साँवा ब्याजसहित गरेर ५० करोड भन्दा माथि पुगीसेकेको छ । धितोपत्र बोर्डले काठमाण्डौ विकास प्राधिकरण मार्फत मनोहरा क्षेत्र विकास प्राधिकरणको स्वामित्वमा रहेको ७ रोपनी जग्गा खरिदको लागि पैसा दिएको धितोपत्र बोर्डका तत्कालिन मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । जग्गा खरिदको लागि दिएको उक्त रकम हालसम्म न बोर्डले फिर्ता पाएको छ न त जग्गा नै ।  

मनोहरा विकास प्राधिरणले मनोहरमा विकासको काम सम्पन्न नभएको भन्दै जग्गा उपलब्ध गराएको छैन । ‘बोर्डले पैसा दियो तर जग्गाको लालपूर्जा बोर्डको नाममा आएको छैन । न जग्गा आयो न त पैसा नै आयो’ । उनले भने ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यसै विषयमा बुझ्न खोज्दा काठमाण्डौ विकास  प्राधिकरणकी बिकास आयुक्त जानुका ढकाल सम्पर्कमा आउन चहिनन्। मनोहरा विकास प्राविधरणका प्रवक्ता सागर मिश्रले  आफुुलाई यस विषयमा कुनै पनि जानकारी नभएको ठाडो जबाफ दिए । हाल धितोपत्र बोर्डले काठमाण्डौको खुमलटारमा बार्षिक एक करोड भन्दा बढी भाडाको भवन लिएर कार्यालय सञ्चालन गरिरहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X