मंगलवार, आश्विन २७,२०८३ 12:35:04
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 12:35:04
Bizshala
Global IME Bank Limited

पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ

Bizshala
पल्लभी लुब्रिकेन्टसले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ
New Office

काठमाण्डौ । पल्लभी लुब्रिकेन्टस् लिमिटेडले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँड सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्थाबमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । कम्पनीले उक्त सेयर निष्कासन कार्यका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आज भएको सो सम्झौतापत्रमा पल्लभी लुब्रिकेन्टसको तर्फबाट कम्पनीका अध्यक्ष श्याम राठी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ । उक्त कार्यक्रममा निष्काशन कम्पनीका प्रबन्ध निर्देशक अरुण वियानी ज्यूको उपस्थित रहेको थियो ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

पल्लभी लुब्रिकेन्टस् लिमिटेड कम्पनी विगत ४ वर्षदेखि मोरङ जिल्लाको कटहरी गापा वडा नं ०४ मा केन्द्रिय कार्यलय रही सोही ठाउँमा आफ्नो उत्पादन प्लान्ट (उद्योग) स्थापना गरी करिब ४० जना कर्मचारीहरु लाई प्रत्यक्ष रोजगारी दिई करिब ३० वटा गुणस्तरीय वस्तु उत्पादन गरीरहेको कम्पनी हो । यस कम्पनीबाट उत्पादित वस्तुहरु GOODRIDE SUPER SJ SAE 20W-40 API SJ, GOODRIDE 4T SAE 20W-40 API SL, GOODRIDE SCOOTY QUEEN SAE 10W-30 API SL, GOODRIDE 2Tआदी रहेका छन् ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X