बुधबार, असार २४,२०८३ 06:04:11
Bizshala
  • बुधबार, असार २४,२०८३ 06:04:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित

Laxmi Sunrise Bank Limited
ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित

काठमाण्डौ। ब्रिटिस एजुकेशन ग्रुपका सीईओ राजन कँडेल लण्डनमा सम्मानित भएका छन् । शिक्षा क्षेत्रमा अतुलनिय योगदान गरेवापत कँडेललाई लण्डनस्थित युनिभर्सिटी अफ ग्रीनविचले एक कार्यक्रमकोबीच सम्मान गरेको हो ।

ग्रीनविचको एल्मुनाईको समारोहमा नेपाल, बेलायत, युएई तथा क्यानडाका विभिन्न समुदायलाई ग्लोबल एजुकेशनको पहुँचमा ल्याउन मदत गरेको भन्दै कँडेल सम्मानित भएका हुन् ।

New Office
CG Motors
Garima Development Bank

कार्यक्रममा ग्रीनवीचका उपकुलपति प्रोफेसर जेन ह्यारिङ्टनले विश्वव्यापी शिक्षामा कँडेलको प्रभावको प्रशंसा गरे । उनले भने, ‘आफ्नो उद्यमशीलता अनुभव र अन्तर्राष्ट्रिय विशेषज्ञतामार्फत बिभिन्न समुदायलाई जोड्ने कँडेलको प्रतिवद्धताले विद्यार्थीलाई उनीहरूको शैक्षिक र व्यावसायिक आकांक्षा प्राप्त गर्न टेवा पुगेको छ ।’

सम्मान ग्रहणपछि विश्वविद्यालयप्रति कृतज्ञता व्यक्त गर्दै कँडेलले भने,‘शिक्षामा जीवन परिवर्तन गर्ने शक्ति छ, विश्वभरका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाका अवसरमा पहुँच सुनिश्चित गर्ने मेरो प्रतिवद्धमा यो सम्मानले थप उर्जा मिलेको छ ।’

कँडेलले सन् २००६ मा ग्रीनवीच युनिभर्सिटीबाट कम्प्युटिङमा बीएससी (अनर्स) हासिल गरेका थिए ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कँडेलको नेतृत्वमा ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गत द ब्रिटिस कलेज (काठमाण्डौ), द विलवीच कलेज, लण्डन, द वेस्टमिन्स्टर कलेज (ललितपुर), द उलवीच इन्स्टिच्यूट (दुबई), मेरिटाइम बिजनेश कलेज (क्यानडा) तथा नेपालका बिभिन्न स्थानहरुमा स्कुलहरु सञ्चालनमा रहेका छन्

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X