सोमबार, श्रावण २५,२०८३ 06:41:07
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 06:41:07
Bizshala
Global IME Bank Limited

भारतको उच्च अदालतद्वारा पूर्वसेबी प्रमुख माधवी पुरी बुचविरुद्ध मुद्दा दर्ता गर्न रोक

भारतको उच्च अदालतद्वारा पूर्वसेबी प्रमुख माधवी पुरी बुचविरुद्ध मुद्दा दर्ता गर्न रोक
New Office

काठमाण्डौ । बम्बई उच्च अदालतले भारतीय पूर्व धितोपत्र बजार नियामक सेबी प्रमुख माधवी पुरी बुचविरुद्ध एफआईआर दर्ता गर्न मुम्बई विशेष अदालतको आदेशलाई रोकेको छ।

लाइभ लका अनुसार न्यायाधीश शिवकुमार डिगेको एकल इजलासले विशेष अदालतको आदेशलाई रोक लगाउँदै भन्यो, ‘विशेष न्यायाधीशले तल्लो तहसम्म नजाइकन र जवाफ सुन्ने मौका नदिई यान्त्रिक रूपमा आदेश दिएको देखिन्छ ।’

गत साताको शनिबार, मुम्बईको विशेष अदालतले भ्रष्टाचार विरोधी ब्यूरोलाई पूर्व सेबी प्रमुख माधवी पुरी बुचसहित पाँच जना विरुद्ध एफआईआर दर्ता गर्न आदेश जारी गरेको थियो।

समाचार एजेन्सी पीटीआईका अनुसार यो विषय सेयर बजारमा ठगी र नियामक उल्लंघनसँग सम्बन्धित छ। स्थानीय पत्रकारको निवेदनमा न्यायाधीश शशिकान्त एकनाथ रावले यस्तो आदेश दिएका हुन् ।

आफ्नो निवेदनमा पत्रकारले माधवी पुरी बुच र अन्यमाथि ठूलो मात्रामा आर्थिक घोटाला, नियामक उल्लंघन र भ्रष्टाचारमा संलग्न भएको आरोपमा छानबिन गर्न माग गरेका थिए ।  

यसअघि माधवी पुरी बुचले गत शुक्रबार भारतीय सेक्युरिटीज एण्ड एक्सचेन्ज बोर्ड (सेबी) को अध्यक्षको रुपमा आफ्नो तीन वर्षे कार्यकाल पूरा गरेकी थिइन् ।

यसपछि केन्द्र सरकारले वित्त सचिव तुहिन कान्त पाण्डेलाई बजार नियामक सेबीको ११ औं अध्यक्षमा नियुक्त गरेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.