आईतवार, फाल्गुन ३,२०८२ 10:08:57
Bizshala
  • आईतवार, फाल्गुन ३,२०८२ 10:08:57
Bizshala
Global IME Bank Limited

ब्रिटिस काउन्सिलद्वारा ७ औं एजुकेसन सिम्पोसियम आयोजना

ब्रिटिस काउन्सिलद्वारा ७ औं एजुकेसन सिम्पोसियम आयोजना
Shivam Cement

काठमाण्डौ । ब्रिटिस काउन्सिल नेपालले ७ औं एजुकेसन सिम्पोसियमको आयोजना गरेको छ । सोमबार काठमाण्डैमा शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको पेसागत विकास शीर्षकमा उक्त सिम्पोसियमको आयोजना गरिएको हो।

ब्रिटिस काउन्सिलको यो वार्षिक सिम्पोसियम विगतका वर्षहरूमा जसरी नै नेपालको शैक्षिक क्षेत्रका महत्त्वपूर्ण मुद्दाहरूमा छलफलका लागि उल्लेखनीय मञ्च साबित भएको काउन्सिलले जनाएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यो वर्षको सिम्पोसियम नेपालको विद्यालय शिक्षा क्षेत्र योजनामा उल्लेख भए अनुरूपको शैक्षिक उत्कृष्टताका लागि शिक्षक र शिक्षकका प्रशिक्षकहरूको निरन्तर पेसागत विकासमा केन्द्रीत रहेको थियो।

कार्यक्रमको उद्‌घाटनका क्रममा नेपालका लागि बेलायतका राजदूत रोब फेन ले भने,‘शिक्षाका लागि विश्वव्यापी साझेदारी लगायत कार्यक्रमहरू मार्फत बेलायत सरकारले नेपाललाई मानव विकासका सूचकाङ्कहरू हासिल गर्न सहायता उपलब्ध गराउँदै आएको छ। नेपालका तीनै तहका सरकारसँगको सहकार्यमा काठमाण्डौमा रहेको बेलायती दूतावास र ब्रिटिस काउन्सिल नेपालको विद्यालय शिक्षा क्षेत्र योजना कार्यान्वयनमा सघाउन प्रतिबद्ध छ।’

कार्यक्रमको उद्‌घाटनका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले भने,‘हाम्रो शैक्षिक क्षेत्रभित्र प्रणालीगत सुधारलाई अगाडि बढाउन मुख्य सहयोगीका रूपमा ब्रिटिस काउन्सिलको महत्त्वपूर्ण भूमिका रहेको छ। गएका वर्षहरूमा शिक्षा मन्त्रालयले ब्रिटिस काउन्सिलसँग निकटमा रहरे सहकार्य गरेका थियौँ, शैक्षिक सुधार र क्षमता निर्माणमा ब्रिटिस काउन्सिलको विज्ञताको भरपुर लाभ उठाइएको छ। यसबाहेक शैक्षिक स्तर र अभ्यास सुधारका लागि बेलायतका विद्यालय र संस्थाहरूसँग पेसागत साझेदारी स्थापित गर्न संयुक्त प्रयासहरू पनि भएका छन्।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.