सोमबार, असार २,२०८२ 07:14:12
  • सोमबार, असार २,२०८२ 07:14:12
Global IME Bank Limited

अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फर्काउने मिशन स्थगित, यस्तो छ कारण

Hyundai Nepal
अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फर्काउने मिशन स्थगित, यस्तो छ कारण
Nabil Bank Limited

काठमाण्डौ । अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरको अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फर्कने कार्य स्थगित गरिएको छ। उनीहरूको फिर्तीको लागि मिशन नासा र स्पेसएक्स द्वारा संयुक्त रूपमा चलिरहेको छ।

यी अन्तरिक्ष यात्रीको फिर्ताका लागि फाल्कन–९ अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गर्ने भनिएपनि त्यसमा केही हाइड्रोलिक समस्या देखिएपछि बुधबारको प्रक्षेपण स्थगित गर्नुपरेको थियो ।

स्पेसएक्सले आफ्नो मेसिनमा उत्पन्न भएको समस्या कहिले समाधान हुन्छ भन्ने बारे अझै केही बताएको छैन । एपेसएक्सले चार नयाँ अन्तरिक्ष यात्रीहरू लिएर अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जानेछ र त्यहाँबाट सुनिता विलियम्स र ब्यारी बुच विल्मोरलाई फिर्ता ल्याउने योजना छ ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

दुबै यात्रुहरूले जुन ५, २०२४ मा यस परीक्षण अभियानका लागि स्टारलाइनर अन्तरिक्ष यानमा उडेका थिए। उनीहरु आठ दिनपछि फर्किने तालिका थियो ।  

स्टारलाइनर अन्तरिक्ष यान आईएसएस नजिक पुगेसँगै यानमा समस्याह उत्पन्न भयो। सवारी साधनलाई दिशा दिने पाँचवटा थ्रस्टर बन्द हुनु पनि एउटा समस्या रहेको बताइएको छ ।

६१ वर्षीय विल्मोर र ५८ वर्षीया सुनितालाई बोइङ स्टारलाइनर अन्तरिक्ष यानद्वारा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा लगिएको थियो। अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरको फिर्ता मार्च १९ र २० मा हुने अपेक्षा गरिएको थियो, तर यो मिति मिशनको विस्तारको कारण परिवर्तन हुन सक्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्ष यात्रीहरूलाई फिर्ता ल्याउने जिम्मेवारी एलोन मस्कलाई सुम्पिएका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.