Bizshala
  • मंगलवार, असार २३,२०८३ 11:06:23
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Laxmi Sunrise Bank Limited
आर्थिक विकासमा सरकार र निजी क्षेत्रबीचको सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनमा आर्थिक विकासका लागि स्थानीय सरकार र निजी क्षेत्र सहकार्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  

प्रदेश सरकार, विभिन्न स्थानीय सरकारहरू र निजी क्षेत्र सम्बद्ध सरोकारवालाका सहभागी उक्त कार्यक्रम उद्योग, कृषि र सेवा क्षेत्रबाट स्थानीय, क्षेत्रीय र प्रादेशिक आर्थिक बृद्धिमा गर्नसक्ने गरी लगानी विस्तारको सम्भावना, विद्यमान समस्या र चुनौतीका विषयमा केन्द्रीत थियो ।  

New Office
CG Motors
Garima Development Bank

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका कावा अध्यक्ष भीम बहादुर पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मोरङ सुनसरी औद्योगिक करिडोर क्षेत्रमा उत्पादनमुलक उद्योगको विकासका लागि एक अर्को स्थानीय तह र निजी क्षेत्रका विचमा सहकार्य गर्न सकिने क्षेत्रका बारेमा चर्चा गरेका थिए ।  उद्योग र आवासीय क्षेत्र निर्धारण र सो को कार्यान्वनमा रहेका चुनौतीको सामना कसरी गर्ने भन्ने कुराहरु बोल्दै कोशी प्रदेशमा उद्योग, कृषि र पर्यटन क्षेत्रमा धेरै सम्भावना भएपनि त्यसलाई आर्थिक विकासको अवसरमा बदल्न नसकिएकोले स्थानीय सरकारको अग्रसरतामा सबै तहका सरकार र निजी क्षेत्रले मिलेर कार्य गर्नुपर्नेे बताए ।  

कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले महानगरपालिकाले स्थानीय उद्योग व्यवसाय प्रवद्र्धनमा योगदान पुगोस् भन्ने उद्देश्यले अनौपचारिक आयातमा कडाई, पार्कीङ क्षेत्रको व्यवस्थापनको समस्या समाधानमा लचकता अपनाउने, राजस्वका दर दयारालाई उद्योग व्यवसायमैत्री बनाउने जस्ता कदम चालिएको बताए । यद्यपी निजी क्षेत्र र समुदायबाट महानगरपालिकाले चालेका स्थानीय आर्थिक गतिविधी बढाउनका लागि चालेको कदममा पर्याप्त साथ र सहयोग नपाएको भन्दै नउले असन्तुष्टी व्यक्त गरे ।  

बुढीगङ्गा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले सुशासन प्रवद्र्धन, आर्थिक बृद्धि, पुर्वाधार विकास लगायतका सवालमा सम्बन्धीत पक्षबाट प्रभावकारी भूमिका निर्वाह हुन नसक्दा आर्थिक विकासका कामले गति लिन नसकेको बताए  ।  

द एशिया फण्डेशन र कम्युनिटी इन्गेजमेन्ट्स् एण्ड आउटिरिचको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशल आयोजना गरेको उक्त कार्यक्रममा विराटनगर महानगरपालिका, दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका, कटहरी गाउँपालिका, जहदा गाउँपालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय प्रमुख, प्रदेश सरकारका विभिन्न मन्त्रालयका महाशाखा प्रमुखहरु लगायत ६० जना उद्योगी व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.