काठमाण्ठौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा २ करोड कित्ता बढी हकप्रद सेयर सूचीकृत भएको छ । आज नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल(लिमिटेडको २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म चुक्तापूँजीको १ः०.८८४५१६८ अनुपातमा १०० रुपैयाँ अंकित दरका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद साधारण सेयर निष्कासन गरेको थियो । सोही हकप्रद आज नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि कम्पनीको यो सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।