सोमबार, श्रावण २५,२०८३ 04:14:21
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 04:14:21
Bizshala
Global IME Bank Limited

एलजीले भारु.१५ हजार करोडको आईपीओ जारी गर्न पायो अनुमति, भारतीय बजारको पाँचौ ठूलो हुने

एलजीले भारु.१५ हजार करोडको आईपीओ जारी गर्न पायो अनुमति, भारतीय बजारको पाँचौ ठूलो हुने
New Office

काठमाण्डौ । दक्षिण कोरियाली कम्पनी ‘एलजी इलेक्ट्रोनिक्स’ले भारतीय सेयर बजारमा आईपीओ जारी गर्न अनुमति पाएको छ । भारतीय पूँजीबजार नियामक ‘सेक्युरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)ले एलजीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।  

यो आईपीओको आकार १५ हजार करोड भारु हुनेछ । यो इस्यु अफर फर सेल हो । यसका माध्यमबाट भारु. १० फेयर भ्यालुको १०.१८ करोड इक्विटी सेयर बिक्री गरिनेछ । कम्पनीलाई आईपीओ बिक्रीबाट कुनैपनि आम्दानी नहुने भारतीय मिडियाले जनाएका छन् ।  

एलजीले आईपीओ निष्कासनको स्वीकृती प्रयोजनका लागि गत डिसेम्बर १९ मा सेबीमा ‘ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस’ पेश गरेको थियो ।  

कम्पनीको यो आईपीओ भारतको पूँजीबजार इतिहासकै हालसम्मकै पाँचौं ठूलो हुनेछ । भारतको हालसम्मकै सबैभन्दा ठूलो आईपीओ भने हुन्डाई मोटरको हो । कम्पनीले २७ हजार ८६९ करोड भारुबराबरको आईपीओ जारी गरेको थियो ।  

१.८ बिलियन डलरको आईपीओ जारीपश्चात जब एलजीको सेयर सूचीकृत हुनेछ, कम्पनी बजार पूँजीकरण १३ बिलियन डलर हुने जनाइएको छ ।  

कम्पनीले यो आईपीओलाई बजार रणनीतिका रुपमा रुपमा लिएको छ । कम्पनीले सन् २०३० सम्म ७ हजार ५ सय करोड डलरबराबरको आम्दानी गर्ने लक्ष्य लिएको छ । यसलाई कम्पनीले उपभोक्ता विद्युतीय व्यापारलाई पुनः लयमा फर्काउने हिस्साको रुपमा लिएको छ ।      

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.