बुधबार, चैत्र ५,२०८१ 07:00:03
IME remit
  • बुधबार, चैत्र ५,२०८१ 07:00:03
IME remit
Global IME Bank Limited

विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न

Hyundai Nepal
विराटनगरमा आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । आध्यन्त एक्सिलेरेटर कार्यक्रम कोशीको लगानी सम्मेलन सम्पन्न भएको छ । बिग होटलमा आयोजित उक्त कार्यक्रम आध्यन्त फन्ड म्यानेजमेन्ट, नेपाल बजार विकास कार्यक्रम, स्विस कन्ट्याक्ट र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सहकार्यमा सम्पन्न भएको छ ।  

यस सम्मेलनमा कृषि, डिजिटल सेवा प्रदायक, र पर्यटनसँग सम्बन्धित कोशी प्रदेशका उद्यमीहरूले लगानीकर्ता समक्ष लगानीका लागि आफ्नो उद्यमको कार्यकारी अवस्था प्रस्तुत गरेका थिए । सम्मेलनको मुख्य उद्देश्य उद्यमीहरूलाई लगानीकर्तासँग जोड्नु थियो ।

सम्मेलनमा हिमालयन ह्वाइट ड्रप डेरीका योगेन्द्र गिरि, बी एन्ड बी ब्रिडिङका भीम श्रेष्ठ, ब्राइट फिडका गोपाल श्रेष्ठ, नेपालीरिका होटलका आकाश दुलाल, गोर्खा टी स्टेटका सौरभ थपलिया, प्रथम आईटीका सुरज चिमरिया, र जयपति डेरीका यादव ढकाल गरी ७ उद्यमीहरूले आफ्नो उद्यमबारे प्रस्तुति दिएका थिए । लगानीकर्ताको रूपमा टिम भेन्चर्स, अल्फा पल्स, र एनआईएमबीएस. क्यापिटलको उपस्थिति थियो ।  

सम्मेलनमा जयपति कृषि फर्म र डीभी एक्सलेसले कामधेनु डेरीका १०० किसानलाई २ लाखसम्मको बिना धितो ऋण दिने एनआईएमबीएस. बैंकमार्फत प्रदान गर्न सम्झौतापत्रमा हस्ताक्षर गरे। यसले साना किसानलाई ऋण लिन सहजता ल्याउने विश्वास व्यक्त गरियो ।

लक्ष्मी सनराइज बैंककी प्रमुख व्यवसाय अधिकारी आरती राज्य लक्ष्मी रानाले यस्ता एक्सिलेरेटर कार्यक्रमहरूले व्यवसायहरूको आत्मविश्वास बढाउन सकारात्मक भूमिका खेल्ने बताइन् र यस्ता कार्यक्रमहरू निरन्तर हुनुपर्नेमा पनि जोड दिइन् । त्यस्तै गरी, कृषि विकास बैंकका उप–महाप्रबन्धक मिनराज पोखरेलले कृषि र गैर–कृषि उद्यमहरूलाई ऋण उपलब्ध गराउन बैंक इच्छुक रहेको जानकारी गराए ।

Shivam Cement
Bizshala
CG Motors

स्विस कन्ट्याक्ट र आध्यन्तको सम्युक्त लगानीमा गरिएको एकस्लेरेटर कार्यक्रममार्फत  उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । यस कार्यक्रमसँगै आध्यन्त एक्सिलेरेटर कार्यक्रमको दोस्रो सत्र पनि औपचारिक रूपमा समापन भएको छ । आध्यन्तले पहिले पनि कोशी प्रदेशमा लगानी सम्मेलन आयोजना गरेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर गुरुङले लगानी बिना उद्यमको विकास सम्भव नहुने बताए । उनले कोशी प्रदेश सरकारले लगानी सम्मेलनमार्फत यस विषयलाई सम्बोधन गर्ने प्रयास गरिरहेको उल्लेख गरे ।

त्यस्तै, उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले नेपाली वस्तुहरूले विदेशी बजार पाउन सके थप आर्थिक विकास सम्भव हुने बताए ।

आध्यन्तका सह–संस्थापक र निर्देशक मनोज पौडेलले कोशीसँग गहिरो र दीर्घकालिक सम्बन्ध रहेको जानकारी दिए । कोशीका विभिन्न व्यवसायमा लगभग ८२ करोड रुपैयाँको लगानी गर्दै आध्यन्तले यस क्षेत्रमा अझै अपार सम्भावनाको ठूलो अवसर देखिरहेको छ ।

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement

नेपाल बजार विकास कार्यक्रमकी टिम लिडर रीमा श्रेष्ठले एक्सिलेरेटर कार्यक्रमले व्यवसायलाई वृद्धि गर्न र सफल बनाउन खेलेको महत्त्वपूर्ण भूमिकालाई उजागर गरिन् । उनले स्विस विज्ञहरूले खेतिपाती अर्गानिक्समा प्रदान गरेको प्राविधिक सहायताले खेलेको सकारात्मक प्रभावबारे पनि बताइन् । साथै, उनले परियोजनाको कार्यकाल समाप्त पछि पनि व्यवसायहरूलाई निरन्तर वृद्धि गर्न सेवा प्रदान गर्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यन्त, र उपाय बिजनेस सोलुसन्स जस्ता संस्थासँग सहकार्य गरिरहेको उल्लेख गरिन् ।  

नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउतले एक्सिलेरेटर कार्यक्रम अन्तर्गत महासंघमा स्थापना गरिएको बिजनेस ग्रोथ सेन्टरबारे चर्चा गरे । यो केन्द्रले व्यवसाय विकास सेवाहरू खोज्ने उद्यमहरूलाई प्रत्यक्ष रूपमा समर्थन प्रदान गर्ने, यस्ता पहलहरूमा महासंघ सधै तत्पर रहने र यसले गरेर कोशी प्रदेशमा व्यापार र रोजगारका लागि सकारात्मक प्रभाव पार्ने कुरामा समेत जोड दिए ।

यस कार्यक्रमले आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले कोशी प्रदेशका व्यवसायहरूको वृद्धिलाई बढाउने प्रयासमा खेलेको महत्वपूर्ण भूमिकालाई समेत दर्शाएको छ । लगानीकर्ता सम्मेलनले लगानीका लागि तयार उद्यमहरूलाई लगानीकर्तासँग जोड्ने प्लेटफर्म प्रदान गरेको छ। यस सम्मेलनले व्यवसाय विस्तार र विकासका नयाँ अवसरहरू सिर्जना गर्दै उद्यमशीलता प्रवद्र्धनमा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.