काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पौने दुई करोड कित्ता सेयर थपिएको छ । लक्ष्मी सनराइज बैंक, विन्ध्यवासिनी हाइड्रोपावर र साना किसान विकास लघुवित्तको कुल १ करोड ७४ लाख ५४ हजार ५४ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
लक्ष्मी सनराइज बैंकको सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ५ प्रतिशत दरका कुल १ करोड १५ लाख ९३ हजार ५७७ कित्ता सेयर सूचीकृत भएको हो ।
त्यस्तै, विन्ध्यवासिनी हाइड्रोपावरको ७।६० प्रतिशत दरका कुल ७ लाख ९८ हजार कित्ता र साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत दरका कुल ५० लाख ६२ हजार ४७७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
योसँगै उक्त सेयर आइतबारदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।