काठमाण्डौ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा झण्डै पौने ८ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा सुर्योदय वोमी लघुवित्त र सर्पोट लघुवित्तको कुल ७ लाख ७४ हजार ४४४ कित्ता सेयर सूचीकृत भएको हो ।
दुई कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो । सुर्योदय वोमी लघुवित्तको ६ प्रतिशत दरका कुल ६ लाख २६ हजार १९९ कित्ता सेयर र सर्पोट लघुवित्तको १३.७७५ प्रतिशत दरका कुल १ लाख ४८ हजार २४५ कित्ता सेयर सूचीकृत भएको हो ।
उक्त सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।