काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ५६ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा तीन कम्पनीको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस सेयर सूचीकृत भएको हो ।
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ३ प्रतिशत दरका कुल १४ लाख २० हजार १०७ कित्ता, सर्वोत्तम सिमेन्टको ७ प्रतिशत दरका ३२ लाख ५५ हजार कित्ता र मेरो माइक्रोफाइनान्सको ७।५ प्रतिशत दरका ९ लाख ९० हजार कित्ता गरीकुल ५६ लाख ६५ हजार १०७ कित्ता सेयर थपिएको छ ।
उक्त बोनस सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।