काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।
दश प्रतिशत दरका कुल १ लाख २१ हजार ८६७ कित्ता सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर भोलिदेखि नै सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।
योसँगै कम्पनीको नेप्सेमा सूचीकृत सेयर संख्या १३ लाख ४० हजार ५४३ पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।