सोमबार, चैत्र १८,२०८१ 05:03:18
IME remit
  • सोमबार, चैत्र १८,२०८१ 05:03:18
IME remit
Global IME Bank Limited

ब्रोकरहरुको मर्जर निर्देशिका पारित, अब पूँजी बढाउन सहज हुने

Hyundai Nepal
ब्रोकरहरुको मर्जर निर्देशिका पारित, अब पूँजी बढाउन सहज हुने
Nabil Bank Limited

काठमाण्डौ । ब्रोकरहरुकै आग्रहमा धितोपत्र बोर्डले ब्रोकरहरुको मर्जरसम्बन्धी निर्देशिका पारित गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार बुधबारको बोर्ड बैठकले उक्त निर्देशिका पारित गरेको  हो ।  

यससँगै अब केही दिनमा माइन्यूट तयार भएपछि निर्देशिकाको पूर्ण विवरण सार्वजनिक हुनेछ । पछिल्लोपटक तेस्रो चरणमा अनुमति पाएका नयाँ ब्रोकरहरुले २० करोड पूँजी पुर्याएर आएको भएता पनि पुराना ३८ वटा ब्रोकरहरुको भने पूँजी पुगेको थिएन ।  

Shivam Cement
Bizshala
CG Motors

नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिँदा पूँजीका आधारमा ब्रोकरहरुलाई तीन तहमा वर्गिकृत गरिएको छ । जसमा पुराना ब्रोकरहरुलाई यस आर्थिक वर्षको असार मसान्तसम्म पूँजी पुर्याउन समय दिएको थियो । तर ब्रोकरहरुले तोकिएको समयमा पूँजी पुर्याउन नसक्ने भन्दै मर्जरको विकल्प मागेका थिए । ब्रोकरहरुको त्यही मागको आधारमा धितोपत्र बोर्डले मर्जर निर्देशिका पास गरेको हो ।  

धतोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरुलाई सकस परेको छ  । हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त पुराना ३८ वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

नयाँ ब्रोकरहरुले भने २० करोडका चूक्तापूँजी पुर्याएर नै धितोपत्र बजारमा आएका छन् । यस अघि नै  धितोपत्र बोर्डकले   पुराना ३८ वटा ब्रोकरहरुलाई पूष मसान्तको समय अवधि राखेर  कार्ययोजना पेश गर्न बोर्डले पत्राचार गरेको थियो  । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प र निर्देशिका  मागेका थिए । बजार  बढेको समयमा भने केही ठूला ब्रोकरहरुबाट एकै दिनमा अर्बौको सेयर कारोबार पनि गर्दै आएका छन् ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.