शुक्रबार, जेष्ठ १,२०८३ 11:57:39
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 11:57:39
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ब्रोकरहरुको मर्जर निर्देशिका पारित, अब पूँजी बढाउन सहज हुने

Laxmi Sunrise Bank Limited
ब्रोकरहरुको मर्जर निर्देशिका पारित, अब पूँजी बढाउन सहज हुने
Shivam Cement

काठमाण्डौ । ब्रोकरहरुकै आग्रहमा धितोपत्र बोर्डले ब्रोकरहरुको मर्जरसम्बन्धी निर्देशिका पारित गरेको छ । धितोपत्र बोर्डस्थित उच्च स्रोतले दिएको जानकारी अनुसार बुधबारको बोर्ड बैठकले उक्त निर्देशिका पारित गरेको  हो ।  

यससँगै अब केही दिनमा माइन्यूट तयार भएपछि निर्देशिकाको पूर्ण विवरण सार्वजनिक हुनेछ । पछिल्लोपटक तेस्रो चरणमा अनुमति पाएका नयाँ ब्रोकरहरुले २० करोड पूँजी पुर्याएर आएको भएता पनि पुराना ३८ वटा ब्रोकरहरुको भने पूँजी पुगेको थिएन ।  

Bizshala
New Office
CG Motors

नयाँ ब्रोकरहरुलाई लाइसेन्स दिँदा पूँजीका आधारमा ब्रोकरहरुलाई तीन तहमा वर्गिकृत गरिएको छ । जसमा पुराना ब्रोकरहरुलाई यस आर्थिक वर्षको असार मसान्तसम्म पूँजी पुर्याउन समय दिएको थियो । तर ब्रोकरहरुले तोकिएको समयमा पूँजी पुर्याउन नसक्ने भन्दै मर्जरको विकल्प मागेका थिए । ब्रोकरहरुको त्यही मागको आधारमा धितोपत्र बोर्डले मर्जर निर्देशिका पास गरेको हो ।  

धतोपत्र बोर्डले तोकेको चूक्तापूँजी पुर्याउन ३८ वटा ब्रोकरहरुलाई सकस परेको छ  । हाल धितोपत्र बोर्डले सीमित कार्य गर्नेको हकमा २० करोड, पूर्ण कार्य गर्ने ब्रोकरहरुको हकमा ६० करोड र स्टक डिलरको लागि १ अर्ब ५० करोड पूँजी तोकेको छ । जसअन्तगर्त पुराना ३८ वटा ब्रोकरले सीमित कार्य गर्नको लागि मात्रै धितोपत्र बोर्डले तोकेको २० करोड चुक्तापूँजी पुर्याउन बाँकी छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

नयाँ ब्रोकरहरुले भने २० करोडका चूक्तापूँजी पुर्याएर नै धितोपत्र बजारमा आएका छन् । यस अघि नै  धितोपत्र बोर्डकले   पुराना ३८ वटा ब्रोकरहरुलाई पूष मसान्तको समय अवधि राखेर  कार्ययोजना पेश गर्न बोर्डले पत्राचार गरेको थियो  । तर ब्रोकरहरुले भने मर्जरको बिकल्प र निर्देशिका  मागेका थिए । बजार  बढेको समयमा भने केही ठूला ब्रोकरहरुबाट एकै दिनमा अर्बौको सेयर कारोबार पनि गर्दै आएका छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.