सोमबार, असार २,२०८२ 10:41:37
  • सोमबार, असार २,२०८२ 10:41:37
Global IME Bank Limited

तीनकुनेमा तनाव, समाजवादी मोर्चाको भन्दा राजावादीको जुलुस भव्य

Hyundai Nepal
तीनकुनेमा तनाव, समाजवादी मोर्चाको भन्दा राजावादीको जुलुस भव्य
Nabil Bank Limited

काठमाण्डौ । राजावादीहरुले निषेधित क्षेत्र तोड्न खोज्दा काठमाण्डौको तीनकुनेमा तनाव उत्पन्न भएको छ ।  

प्रहरी र राजावादीहरुबीच तीनकुनेमा हात हालाहाल भएको हो । जसका कारण तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

प्रहरीका अनुसार राजावादी प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ अगाडि बढ्न खोजेका थिए । प्रहरीले उनीहरुलाई रोक्ने क्रममा तनाव सिर्जना भएको हो ।  

प्रहरीले तीनकुने र आसपासको क्षेत्रमा शान्तिपूर्ण प्रदर्शन गर्न आह्वान गरिरहेको छ ।  

यसैबीच, तीनकुनेमा विभिन्न क्षेत्रबाट राजावादीहरुको जुलुस आउने क्रम जारी रहेको छ । 

उता, भृकुटीमण्डपमा पनि समाजवादी मोर्चाको छुट्टै प्रदर्शन चलिरहेको छ । त्यहाँ बाटो नै छेकेर बनाइएको विरोधसभाको मञ्च वरपर विभिन्न क्षेत्रबाट एकत्रित भएका प्रदर्शनकारीहरु जुलुससहित आउने क्रम जारी रहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।  

अहिलेसम्मको अवस्था हेर्दा भृकुटीमण्डपको सहभागिताभन्दा तीनकुनेको सहभागिता निकै वृहत र उत्साहजनक देखिएको छ।

तीनकुनेमा प्रदर्शनका लागि भेला भएका राजावादीहरु ।  तस्विर: मनिष सोती
Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.