शनिबार, बैशाख ५,२०८३ 04:06:34
Bizshala
  • शनिबार, बैशाख ५,२०८३ 04:06:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

तीनकुनेमा निषेधाज्ञा, समाजवादीको पार्टी कार्यालयदेखि भाटभटेनीसम्म तोडफोड

Bizshala
तीनकुनेमा निषेधाज्ञा, समाजवादीको पार्टी कार्यालयदेखि भाटभटेनीसम्म तोडफोड
Shivam Cement

काठमाण्डौ । तीनकुने क्षेत्रमा निषेधाज्ञा जारी भएको छ ।  

प्रहरीले राजावादीको प्रदर्शनले उग्र रुप लिई गोली नै चलाउनुपर्ने अवस्था आएपछि स्थितिलाई थप बिग्रन नदिन निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी विश्वराज अधिकारीले जानकारी दिएका छन् । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरिरहेका राजावादीहरु निषेधित क्षेत्र अर्थात बानेश्वरतर्फ अगाडि बढ्न खोजेपछि पटक पटक झडप भइसकेको छ । सो क्रममा एकदर्जन बढी घाइते भएका छन् । केही प्रदर्शनकारीलाई गोली लागेको बताइएको छ । अवस्था निकै तनावपूर्ण बनेको छ ।  

प्रदर्शनकारी र प्रहरीको तारो बनेको तीनकिनेका केही व्यापारिक तथा निजी महलहरु क्षतविक्षत भएका छन् । एउटा घरमा भीषण आगलागी भएको छ ।  

यस्तै, तीनकुनेबाट कार्यक्रम गर्न नदिई लखेटिएका राजावादीहरुले भित्री सडकहरुमा सरकारी नम्बरप्लेटका गाडीहरु जलाएका छन् । एउटा समूहले आलोकनगरमा रहेको एकीकृत समाजवादी पार्टीको कार्यालय तोडफोड गरेका छन् । कार्यालयभित्रका फर्निचर तथा कागजपत्र बाहिर ल्याएर आगजनी समेत गरिदिएका छन् ।

CG Motors
Garima Development Bank
IME remit

अराजक एक समूहले कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा समेत तोडफोड गरेको छ ।  

तीनकुनेस्थित  अन्नपूर्णपोष्टको कार्यालयमा आगजनीको प्रयास भएको समेत दाबी गरिएको छ ।  

राजावादीहरुले ओली र उनी निकट तथा उनका सद्भाव पाएका मिडिया उद्यमी, व्यवसायिक घराना लगायतलाई छानी छानी प्रहार गरेका देखिएको छ ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.